Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकका कारण लगानीकर्तालाई क्षति भएकोमा फोरमको ध्यानाकर्षण

अर्थ संसार

बुधबार, २४ साउन २०८०, ०८ : ३८ मा प्रकाशित

कृषि विकास बैंकका कारण लगानीकर्तालाई क्षति भएकोमा फोरमको ध्यानाकर्षण

कृषि विकास बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तिय विवरणमा बैंकले गरेको त्रुटीले सेयरबजारका लगानीकर्ताको लगानीमा क्षति पुगेको भन्दै प्रदेश पाँच सेयर लगानीकर्ता फोरमले 
एक विज्ञप्ति जारी गरेको छ। 

विज्ञप्तिमा बैंकले चौथो त्रैमासिक वित्तिय विवरणमा गलत तथ्याङ्ग सम्प्रेषण गरेको कारण  सेयरबजारका लगानीकर्तालाई  क्षति पुगेको र यस विषयमा भित्री कारोवार भए/नभएको एकिन गर्न र पुनः भविष्यमा यस्ता घटना हुन नदिन  राष्ट्र बैंक, नेप्से र  धितोपत्र बोर्डलाई फोरमले अपिल गरेको छ  ।

कृषि विकास बैंकले गत शनिबार (साउन २० गते) सार्वजनिक गरेको वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयर १९ रूपैयाँ ८९ पैसा रहेको उल्लेख थियो । अघिल्लो वर्ष वितरणयोग्य आम्दानी प्रतिसेयर ३५ रूपैयाँ ६१ पैसा रहेको विवरण सार्वजनिक गरिएको थियो । 

तर अब भने गत आर्थिक वर्षको चौथो त्रैमासमा वितरणयोग्य आम्दानी प्रतिसेयर १४ रूपैयाँ ९२ पैसा र अघिल्लो वर्ष सोही अवधिमा २६ रूपैयाँ ७० पैसा रहेको भनी सच्च्याएको हो।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको