नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको जनाएको छ ।
आज (बुधबार) गोरखापत्र दैनिकमा सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो ।
टेलिकमको भनाइमा सि.नं.११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको हो ।
ती कार्ड खरिद नगर्नसमेत टेलिकमले अनुरोध गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस