Like us!
Follow us!
Connect us!
Watch us!

जब सांसद गोलभेँडा र अदुवाको माला लगाएर संसद् भवन पुगेपछि...

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १३ : ४१ मा प्रकाशित

जब सांसद गोलभेँडा र अदुवाको माला लगाएर संसद् भवन पुगेपछि...

भारतमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीका सांसद सुशील गुप्ता गोलभेँडा र अदुवाको माला लगाएर संसद् भवन पुगेका छन् । आज (बुधबार) उनी गोलभेँडा र अदुवाको माला लगाएर संसद् भवन पुगेको आफ्नो आधिकारिक सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै सार्वजनिक गरेका हुन् । 

ट्वीटरमा उनले लेखेका छन्, ‘धेरै भयो महँगो गोलभेँडाको मार, अब पालो..’

भारतमा गोलभेँडा र अदुवाको निकै महँगो भएको कारण उनले यस्तो कदम चालेको जनाइएको छ । यही विषयमा उनले मंगलबार समेत एक भिडियो पोस्ट गरे जसमा उनले गोलभेँडा लिने मानिसको लामो लाइन देख्न सकिन्छ । त्यो दृश्य भारतको लोकसभा भवन भन्दा १०० मिटरको दूरीमा थियो । उनले भारत का प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यान केन्द्रित गर्न उनले भिडियो पोस्ट गरेको र गोलभेँडा र अदुवाको माला लगाएर संसद् प्रवेश गरेका हुन् । 

संसद से 100 मीटर की दूरी पर भी टमाटर खरीदने के लिए लंबी लाइन लगी हैI

पिछले कई दिनों से हम संसद में मोदी जी को खोज रहे हैं, लेकिन वो पता नहीं कहाँ गायब हैंI

मोदी जी का ये पुराना तरीका है, पूरे देश को लाइन में लगाकर खुद छु मंतर हो जाते हैंI pic.twitter.com/IZ466WAnI9

— Dr Sushil Gupta (@DrSushilKrGupta) August 8, 2023

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको