Like us!
Follow us!
Connect us!
Watch us!

मिस युनिभर्स इन्डोनेसियामा सहभागी ६ युवतीले आयोजकमाथि लगायो यौन उत्पीडनको आरोप, शारीरिक परीक्षणका नाममा ‘स्ट्रिप’ गर्न लगाएको भनाइ

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १७ : २५ मा प्रकाशित

मिस युनिभर्स इन्डोनेसियामा सहभागी ६ युवतीले आयोजकमाथि लगायो यौन उत्पीडनको आरोप, शारीरिक परीक्षणका नाममा ‘स्ट्रिप’ गर्न लगाएको भनाइ

मिस युनिभर्स इन्डोनेसिया प्रतियोगितामा सहभागी ६ युवतीले आयोजकमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । उनीहरुले प्रहरीमा उजुरी समेत दिएकी छिन् । प्रतियोगिताका क्रममा टपलेस शरीर जाँचको नाममा आयोजकले कपडा फुकालेको उनीहरुको आरोप छ । प्रहरीले उजुरी प्राप्त भएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले लेखेको छ । प्रतियोगिता पीटी क्यापेला स्वस्तिक कार्या कम्पनीले आयोजना गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार यो प्रतियोगिता राजधानी जकार्तामा २९ जुलाईदेखि ३ अगस्टसम्म आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागी ६ जना युवतीले आरोप लगाएका छन् कि आयोजकले पाँच जनालाई २० भन्दा बढी व्यक्ति (पुरुषसहित) अगाडि बसाएर शारीरिक परीक्षणका लागि स्ट्रिप गर्न लगायो र फोटो खिच्यो । 

मिस युनिभर्स अर्गनाइजेसनले मंगलबार जारी गरेको विज्ञप्तिमा आफूलाई आरोपबारे सचेत गराइएको जनाएको छ। त्यसको पुष्टि भइरहेको छ ।

उजुरी गर्ने युवतीका वकिल मेलिसा आङ्ग्रेनीले आयोजकहरूले केटीहरूको शरीरमा कुनै दाग छ कि छैन भनेर जाँच्न आग्रह गरेको बताइन्। एक उजुरीकर्ताले भनेकी छिन् कि उनलाई खुट्टा फैलाएर पोज दिन भनिएको थियो। त्यतिबेला उनी निकै असहज महसुस गरिरहेकी थिइन् ।

मिस युनिभर्स इन्डोनेसिया प्रतियोगिता आयोजना गर्ने कम्पनीकी संस्थापक पोप्पी क्यापेलाले यस आरोपमा कुनै प्रतिक्रिया दिएकी छैनन्। जाकार्ताका प्रहरी प्रवक्ता त्रुनोयुडो विस्नु एन्डिकोले छ जना युवतीको उजुरीको अनुसन्धान गरिने बताएको भारतीय सञ्चारमाध्यमले लेखेको छ ।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको