Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीको १००% हकप्रद सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

विहीबार, २५ साउन २०८०, १० : २९ मा प्रकाशित

अपर तामाकोशीको १००% हकप्रद सुरक्षित गर्ने आज अन्तिम माैका

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडकाे हकप्रद सुरक्षित गर्ने आज (साउन २५ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि भाेलि साउन २६ गते, बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (साउन २५ गते, बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद सेयरमा आवेदन दिन सकिनेछन्।

अपरले शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद जारी गर्ने स्वीकृति यसअघि नेपाल धितोपत्र बोर्डले दिएको थियो।  जस अनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । 

अपरको हालको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ जुन  हकप्रद पछि २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको