Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले मार्जिन लोन आक्रामक बनाउन जारी गर्यो आन्तरिक सर्कुलर

अर्थ संसार

विहीबार, २५ साउन २०८०, २२ : १३ मा प्रकाशित

एनआईसी एशिया बैंकले मार्जिन लोन आक्रामक बनाउन जारी गर्यो आन्तरिक सर्कुलर

एनआईसी एशिया बैंक लिमिटेडले आन्तरिक रुपमा एक सर्कुलर जारी गर्दै मार्जिन लोनलाई आक्रामक बनाउने नीति लिएको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने  मार्फत नै जारी अन्तिरिक सर्कुलरमा अब बैंकको व्यवस्थापनले अब सेयर मार्जिन लोनको व्यवसाय बढाउने नीति लिएको बुझिन्छ। बैंकले आफ्ना देशै भरिका शाखालाई सर्कुलर जारी गरि उक्त जानकारी गराएको छ । 

बैंकले १२ करोड सम्मको सेयर लोन सहजै दिने नीति लिएको हो। यस बाहेक ५० लाख सम्मको ओडि र १२ करोडसम्मै डिमाण्ड लोन दिने पनि तय गरेको छ। 

ब्याजदर भने बैंकले ११.९९ प्रतिशत  तय गरेको छ।  बैंकले बेस रेटमा १.८१ प्रतिशत प्रिमियम जोडेको छ।  तेति मात्र नभई समझदारीमा ब्याजदर ०.७५ सम्म घटाउन सकिने पनि उल्लेख छ। 

अझ ग्राहकलाई सन्तुष्ट गर्नु बैंकले सेयर लोन लिएर एक महिना भित्र सेयर किनेपनि हुने नीति लिएको छ। 

64d5108617362.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको