Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले १२ करोडसम्मको अठोट सेयर धितो कर्जा दिने, अन्य बैंकको घर कर्जा स्वापः गर्न सकिने

अर्थ संसार

शुक्रबार, २६ साउन २०८०, ०९ : ५६ मा प्रकाशित

एनआईसी एशिया बैंकले १२ करोडसम्मको अठोट सेयर धितो कर्जा दिने, अन्य बैंकको घर कर्जा स्वापः गर्न सकिने

एनआईसी एशियाको व्यवस्थापनले देशै भरको आफ्नो शाखामा आन्तरिक सर्कुलर जारी गरेपछि अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा नामको तीन कर्जा योजना सार्वजनिक गरेको छ । 

बैंकले न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । अठोट कर्जाको अवधि  २५ वर्षसम्मको रहेको छ । यस योजना अन्तर्गत बैंकका ग्राहकले  निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन ।अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्जामा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ ।

व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि अठोट साना व्यवसाय कर्जामा न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ । यस कर्जाको अवधि अधिकतम १५ वर्ष कर्जा रहने बैंकले जनाएको छ।  साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गर्दैयो योजना ल्याएको बैंकले जनाएको छ। 

तेस्तै बैंकले न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू १२ करोडसम्मको अठोट सेयर धितो कर्जा सार्वजनिक गरेको छ। जसमा कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) व्यवस्था रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको