Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से तेसो दिन पनि हरियाली बनाउन कारोबार रकमले पनि दियो साथ

अर्थ संसार

आइतबार, २८ साउन २०८०, १६ : २१ मा प्रकाशित

नेप्से तेसो दिन पनि हरियाली बनाउन कारोबार रकमले पनि दियो साथ

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि उकालो लागिरहेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १४.८१ अंक बढेर २०८०.८६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंक बढेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज २७१ स्टकको ३ अर्ब १ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरको ९७ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ। 


आज देखि कारोबार खुलेको थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्यो भने भने घोराही सिमेन्ट्सको सेयर नकारात्मक सर्किटलाग्यो। 

आज माउन्टेन इनर्जीको से\यरमूल्य ९ प्रतिशत भन्दा माथि बढ्यो। तेस्तै कारोबार रकमको आधारमा आज नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको अधिकतम कारोबार भयो।  आज यस कम्पनीको ५८ करोड ४५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भयो । तेस्तै घोराही सिमेन्ट्को २३ करोडभन्दा माथिको सेयर कारोबार भयो। 

आज १३ उपसमूह मध्य ९ उपसमूहको परिसूचक बढ्यो भने भने ४ उपसमूहको परिसूचकको मूल्य घट्यो । आज निर्जीवन बीमा, बैंकिङ्ग र होटल तथा पर्यटन उपसमूहको परिसूचकबढ्यो भने वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको