Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको नाफा घट्यो, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

सोमबार, २९ साउन २०८०, १४ : ४७ मा प्रकाशित

सूर्यज्योति लाइफको नाफा घट्यो, कस्ता छन् अन्य सूचक ?

सूर्यज्योति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नाफा

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चाैथाे त्रैमाससम्म कम्पनीले २९ करोड ४० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३६.१२ प्रतिशतले थाेरै हो । गत वर्ष यस कम्पनीले ४६ करोड ३ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो । 

बिमा शुल्क

यस अवधिमा कम्पनीले ७ अर्ब १४ करोड ३० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । उक्त रकम गत आर्थिक वर्षको साेही अवधिको तुलनामा १६.१० प्रतिशतले थाेरै हाे । गत वर्षकाे यसै अवधिमा कम्पनीले ८ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियाे ।

कर्जा तथा अन्य लगानीबाट आम्दानी

समीक्षा अवधिमा कम्पनीले कर्जा तथा अन्य लगानीबाट १ अर्ब ७२ करोड ४२ लाख रूपैयाँ आम्दानी गरेको छ ।

जीवन बीमा कोष

कम्पनीले बिमा कोषको आकार बढाएर २६ अर्ब ९९ करोड १६ लाख रुपैयाँ पुर्याएकाे छ । 

महाविपत्ती कोष

कम्पनीकाे महाविपत्ती कोषमा ३२ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी

कम्पनीको हाल चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोष

यस कम्पनीको जगेडा कोषमा २ अर्ब ४८ करोड ५० लाख रुपैयाँ सञ्चित रहेकाे छ ।

प्रतिसेयर आम्दानी (ईपीएस)

कम्पनीकाे प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा रहेकाे छ ।

प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा रहेकाे छ ।

पीई रेसियाे

कम्पनीकाे मूल्य आम्दानी अनुपात ६०.२३ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको