Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको संस्थापक सेयर सर्वसाधारणलाई लिलाम मार्फत बिक्रीमा

अर्थ संसार

आइतबार, १३ साउन २०८१, ०८ : ३० मा प्रकाशित

सूर्यज्योति लाइफको संस्थापक सेयर सर्वसाधारणलाई लिलाम मार्फत बिक्रीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखिएको छ । कम्पनीको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर बिक्रीमा आएको हो। 

यो एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो । यस सेयरमा सर्वसाधारण देखि 
कोहि विद्यमान संस्थापक शेयरधनी वा संघ संस्थाले आवेदन दिन सक्ने छन्। 

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७१ रुपैयाँ तोकिएको छ । आवेदन न्यूनतम पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि दिन सकिनेछ। आवेदन आज साउन १३ गतेदेखि साउन १८ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ ।

इच्छुकले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको