सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ६ गतेको साधारणसभामा पारित २० प्रतिशत नगद लाभांश (करसहित) वितरण प्रक्रिया पूरा गरेको छ। कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्दा कात्तिक २० गतेसम्म कायम सेयरधनीहरूलाई लाभांश प्रदान गरेको हो।
लाभांश रकम पुस ६ गतेदेखि सम्बन्धित सेयरधनीहरूको बैंक खातामा जम्मा गरिएको जानकारी दिइएको छ। साथै, कम्पनीले सेयरधनीलाई सेयर अभौतिकीकरण नगरेका र डिम्याट खाता अद्यावधिक नगरेका व्यक्तिहरूलाई तुरुन्तै यी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
धितोबन्धक राखी कर्जा लिएका सेयरधनीहरूलाई भने कर्जा चुक्ता गर्ने फुकुवा पत्र प्राप्त गरेपछि मात्र लाभांश रकम बैंक खातामा पठाइने कम्पनीले स्पष्ट पारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस