Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको १.५७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २५ असार २०८१, ०७ : ३६ मा प्रकाशित

सूर्यज्योति लाइफको १.५७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको १ लाख ५७ हजार २ सय ९८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन्। 

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्न सक्नेछन् ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको