लगातार ३ दिनकाे वृद्धिपछि आज (साेमबार) सेयर बजारमा सामान्य करेक्सन देखिएकाे छ । नेप्से परिसूचकका साथसाथै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ विन्दुमा झरेकाे छ । नेप्से ०.१७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने ०.०६ अंकले बढेर ३९८.१३ विन्दुमा पुगेकाे छ ।
कूल २७९ वटा कम्पनीकाे ५४ लाख १७ हजार ९ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजार ६ सय ३८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा समूह बढ्दा बाँकी ८ वटा उपसमूहकाे सूचक घटेको छ ।
त्यसैगरी, साेमबार आईएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ११ कराेड २४ लाख ४१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
आज थ्री स्टार हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ८ रूपैयाँ ५० पैसा पुगेकाे छ ।
यस दिन सिद्धार्थ प्रिमियर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.४६ प्रतिशतले घटेर ७ सय ६८ रूपैयाँमा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस