Like us!
Follow us!
Connect us!
Watch us!

सर्ट सेलिङ र इन्ट्रा डे कारोबार कार्यान्वयनमा ल्याउन नेप्सेको जोड

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, १३ : १० मा प्रकाशित

सर्ट सेलिङ र इन्ट्रा डे कारोबार कार्यान्वयनमा ल्याउन नेप्सेको जोड

नेप्सेका प्रमुख कार्याकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्कीले इन्ट्रा डे कारोबार र सर्ट सेलिङ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । गत साता धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले नयाँ ब्रोकरहरूका लागि  आयोजना गरेको तालिमसहितकाे कार्यक्रममा अतिथीकाे रूपमा उपस्थित भएका उनले मन्तव्य दिने क्रममा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ बारे पनि अभिव्यक्ति दिएका थिए । 

बजारको सक्षमता र सचेतनालाई समेत ख्याल गर्दै रेगुलेटरले इन्ट्रा डे कारोबार र सर्ट सेलिङ कार्यान्वयन गर्न फ्युचरमा कसरी अगाडि जाने भन्ने बारे जुट्नुपर्ने बताउँदै उनले अहिले धितोपत्र बोर्ड यो व्यवस्था कार्यान्वयन गर्न जुटिरहेको जस्तो आफूलाई लागेको बताए । 

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मार्फत् सर्ट सेलिङ र इन्ट्रा डे कारोबार बारे  विज्ञहरू मार्फत अध्ययन तथा अनुसन्धान गराउने जानकारी दिएको थियो । 

नीति तथा कार्यक्रममा भनिएकाे छ 'धितोपत्र बजारको विकास र विस्तार गर्न, बजार संरचनाको स्वरूपमा परिवर्तन गर्न एवं नयाँ धितोपत्र औजारहरूको संचालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गर्न शर्ट सेलिङ्ग (Short Selling), इन्द्रा डे कारोवार (Intra Day Trading), अक्सन मार्केट (Auction Market) र Securities Lending and Borrowing को व्यवस्था गर्न र नयाँ औजारहरू इक्विटी डेरिभेटिभ्स् लगायत धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी अन्य समसामायिक विषयका सम्बन्धमा विज्ञहरू मार्फत अध्ययन तथा अनुसन्धान गरिनेछ ।'

लगानीकर्ताहरूले धेरै लामो समयदेखि इन्ट्रा डे कारोबार र सर्ट सेलिङकाे माग राख्दै आएका थिए ।  अन्तराष्ट्रिय बजारहरूमा सर्ट सेलिङ र इन्ट्रा डे कारोबार धेरै पहिलेदेखि नै प्रयोगमा छ । तर नेपालको बजारमा भने हालसम्म प्रयोगमा आईसकेको छैन । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको