Like us!
Follow us!
Connect us!
Watch us!

के हो 'इन्ट्रा डे' ट्रेडिङ ? के छन् फाइदा र बेफाइदा ?

धिरज पाैड्याल

अर्थ संसार

शुक्रबार, १३ फागुन २०७८, १५ : ५१ मा प्रकाशित

के हो 'इन्ट्रा डे' ट्रेडिङ ? के छन् फाइदा र बेफाइदा  ?

लगानीकर्ताहरु सेयरबाट अधिकतम नाफा कमाउन विभिन्न रणनीति तथा योजनाहरू बनाउँछन् । लङ्ग टर्म इन्भेष्टमेन्ट क्रमिक प्रक्रिया हो जसले उच्चतम नाफा कमाउन सकिन्छ भने सर्ट टर्म इन्भेष्टमेन्ट छोटो प्रक्रिया हो जसले छिटो छिटो निर्णय लिएर नाफा कमाउन सकिन्छ । यसमध्यको एक प्रक्रिया हो इन्ट्रा डे ट्रेडिङ । इन्ट्रा डे ट्रेडिङको भाव यसको नामबाट नै प्रष्ट हुन्छ । इन्ट्रा डे ट्रेडिङ सेयरबजार खुलेको दिन खुलेको समयबाट सोही दिन सेयरबजार बन्द हुने समय भित्र सेयरलाई खरिद गरी बिक्री गर्ने प्रक्रिया हो ।

सेयर खरिद प्रक्रियामा इन्ट्राडे ट्रेडिङ गर्ने भएमा खरिद समयमानै सिस्टममा इन्ट्रा डे ट्रेडिङ  छनोट गर्नुपर्ने हुन्छ । जसले लगानीकर्तालाई छनोट गरिएको कम्पनीको निश्चित नम्बरका सेयर सोही दिन बजार बन्द हुनुअगाडि बिक्री गर्न सक्छन्। 

इन्ट्रा डे ट्रेडिङका फाइदाहरु:-

  • थोरै पूँजी भएता पनि कारोबार गर्न सकिन्छ। 

  • सोही दिन कारोबार अन्त्य गरिने हुँदा बजारलाई प्रभाव पार्ने विभिन्न घटनाले असर गर्दैन र रातारात बजार क्राश भएर पैसा गुम्न सक्ने जोखिम हुँदैन। 

  • जति धेरै सेयरबजारमा अस्थिरता देखिन्छ त्यति धेरै पूँजी बनाउन सकिन्छ।  

  • कनाफाको लागि लामो समय कुर्नु नपर्ने हुँदा पर्याप्त नाफा कमाउने सम्भावना हुन्छ। 

  • इन्ट्राडे ट्रेडिङमा लगानी गरेको पैसा धेरै अवधि सम्म अड्की नरहने हुँदा तपाईंले निश्चित लगानीलाई बारम्बार कारोबार गर्न सक्नुहुन्छ । 

  • ब्रोकर चार्ज तथा कर कम हुन्छ ।

इन्ट्राडे ट्रेडिङका बेफाइदाहरु:-

  • जति छोटो समायमा पैसा कमाउने सम्भावना हुन्छ त्यति नै गुम्ने सम्भावना हुने हुँदा छोटो समयमै उपयुक्त निर्णय लिन सक्नुपर्छ। 

  • इन्ट्राडे ट्रेडिङमा थोरै अनुभव र ज्ञान भएमा नाफा कमाउने भन्दापनि गुमाउने सम्भावना हुन्छ जसले बजारको पूर्ण ज्ञान लिन र बजारको चाल लाई राम्रो संग बुझ्नुपर्छ। 

  • इन्ट्राडे ट्रेडिङ भन्दापनि दीर्घकालीन लगानीले सधैं धेरै नाफा दिन सक्छ । 

  • बजारमा देखिने उतार चढाव मानसिक तनाब सृजना हुन सक्छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको