Like us!
Follow us!
Connect us!
Watch us!

मार्जिन र इन्ट्रा डे ट्रेडिङ छिट्टै आउँदैछ, १० कित्ते नीति पुनरावलोकन गर्छु : अध्यक्ष हमाल

अर्थ संसार

शनिबार, ३० भदौ २०८०, ०७ : ११ मा प्रकाशित

मार्जिन र इन्ट्रा डे ट्रेडिङ छिट्टै आउँदैछ, १० कित्ते नीति पुनरावलोकन गर्छु : अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले छिट्टै नै नेपालको माटो सुहाउँदो मार्जिन र इन्ट्राडे ट्रेडिङ आउने बताएका छन् । उनले केहि हप्तामै ब्रोकर मार्फत मार्जिन ट्रेडिङ नीति कार्यान्वयनमा आउने बताए । चाँडो भन्दा चाँडो इन्ट्राडे ट्रेडिङ पनि लागु गर्ने बाटोमा धितोपत्र बोर्ड लागेको अध्यक्ष हमालले बताए । 

नेपाल आर्थिक पत्रकार मञ्च (नाफिज) ले आयोजना गरेको ‘ आर्थिक मन्दीमा पूँजीबजार : सम्भावना र चुनौती विषयक’ अन्तरक्रिर्या कार्यक्रममा बोल्दै अध्यक्ष हमालले ब्रोकरहरुलाई सेवा बढाएर मात्र ब्रोकर कमिसन घटाइने तर्फ संकेत गर्दै भने, ‘ब्रोकरहरुको सेवामा जुन उच्च पूँजी छ त्यसको सदुपयोग र स्थायित्वको लागि केहि सेवा थप्नुपर्छ भन्नेमा आफु लागेको र ब्रोकर कमिसन घट्ने बेलामा ब्रोकरहरुको सेवाको ‘स्कोप अफ वर्क’ पनि बढाउने छु ।’ उनले सेबोनको कमिसन पहिला घटाएर मात्र ब्रोकर कमिसन घट्ने पनि बताए । 

अध्यक्ष हमालले टीएमएस प्रणालीमा प्लान ए फेल भएको हुँदा अब प्लान बि अनुसार अघि बढाउन प्रयास गर्ने बताउँदै एकाधिकार कुनै पनि आर्थिक क्षेत्रमा हुनु नहुने बताए ।
 उनले १० कित्ते नीतिमा टिप्पणी गर्दै भने, ‘समय सापेक्ष सकारात्मक नीतिलाई अघि बढाउने र नकारात्मक पक्षलाई हटाउँदै अघि बढ्ने छु ।’ अध्यक्ष हमालले समग्र बजार र अवस्थाको विस्लेषण गरेर सुझबुजपूर्ण निर्णय लिने बताउँर्दै १० कित्ते नीति अध्ययन गरेर पुनरावलोकन गर्ने बताए ।

उनले पूँजीबजारमा रहेका समस्याहरुलाई समाधान गर्न सम्बन्धीत स्टेप होल्डरहरुसँग सल्लाह गर्दै अघि बढ्ने पनि बताए । धितोपत्र बोर्डमा अध्यक्ष हमालले लगानीकर्तामा वित्तिय साक्षरताको लागि सम्वन्धीत संस्थाहरुसँग साझेदारी गर्ने पनि बताए । उनले हाइड्रो र रियल सेक्टरमा अहिले सुधारको प्रयास भईरहेको बताए । प्रिमियममा आइपिओ निष्काशन, हाइड्रोमा राइट शेयर अनुमति तथा प्रमोटर लकिङ पिरीयडको सम्वन्धमा ठोस प्रावधान ल्याउने बताउँदै एकै पटक नयाँ नीति ल्याउँदा बजार क्रयास हुनसक्ने हुँदा त्यसको सम्भावित असर बुझेर अघि बढ्ने बताए । अध्यक्ष हमालले सार्वजनिक निष्काशन बुक बिल्डिङ विधिमा पनि छिट्टै ‘ब्रेक थ्रु’ हुने समेत बताए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको