Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरपश्चात् नेप्सेमा २ कम्पनीकाे सेयर सूचिकृत, कुनले कति पाए ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, १५ : २८ मा प्रकाशित

मर्जरपश्चात् नेप्सेमा २ कम्पनीकाे सेयर सूचिकृत, कुनले कति पाए ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार २ कम्पनीकाे सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार साविककाे नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा मर्जर हुँदा १:०.७३ काे अनुपातमा कायम हुन आएकाे १ कराेड ८ लाख ४२ हजार ६३ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुनसक्ने गरी सूचिकृत भएकाे हाे । संस्थाले नेप्सेबाट मर्जरपछिकाे पहिलाे काराेबारका लागि १२१५ रूपैयाँ २९ पैसा ओपनिङ्ग रेञ्ज पाएकाे छ ।

त्यसैगरी, साविककाे धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा मर्जर हुँदा १:०.७५ काे अनुपातमा कायम हुन आएकाे ३ लाख कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुनसक्ने गरी सूचिकृत भएकाे हाे । संस्थाले नेप्सेबाट मर्जरपछिकाे पहिलाे काराेबारका लागि ७६८ रूपैयाँ ६१ पैसा ओपनिङ्ग रेञ्ज पाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको