Like us!
Follow us!
Connect us!
Watch us!

कालिञ्चोक दर्शनको नाफामा उछाल, ईपीएस पनि बढ्यो

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १२ : २६ मा प्रकाशित

कालिञ्चोक दर्शनको नाफामा उछाल, ईपीएस पनि बढ्यो

कालिञ्चोक दर्शन कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नाफा

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम अघिल्लाे वर्षकाे तुलनामा ११४.९९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सञ्चालन आम्दानी

समिक्षा अवधिसम्म कम्पनीकाे सञ्चालन आम्दानी पनि ३३.८२ प्रतिशतले बढेर ७ करोड ५९ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ५ करोड ६७ लाख ४७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कुल/अन्य आम्दानी

चाैथाे त्रैमाससम्म कम्पनीको कुल आम्दानी ३५.०१ प्रतिशतले बढेर ६ करोड ८२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको अन्य आम्दानी ४८.६० प्रतिशतले बढेर २ कराेड ५ लाख ६८ हजार पुगेकाे छ ।

चुक्ता पूँजी

कम्पनीकाे चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेकाे छ ।

जगेडा काेष 

कम्पनीको जगेडा कोष भने १ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

ईपीएस

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ २३ पैसाले बढेर ५ रुपैयाँ ३२ पैसा पुगेको छ । 

कम्पनीकाे प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ९९ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको