Like us!
Follow us!
Connect us!
Watch us!

७.७५ % ले नाफा वृद्धि हुँदा कालिञ्चोक दर्शनको ईपीएसमा ३२ पैसाको प्रभाव

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, ०९ : ११ मा प्रकाशित

७.७५ % ले नाफा वृद्धि हुँदा कालिञ्चोक दर्शनको ईपीएसमा ३२ पैसाको प्रभाव

कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा 

गत वर्षको असार मसान्तसम्म कम्पनीले २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ७.७५ प्रतिशत बढेको हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

आन्दानी बढ्यो 

कालिञ्चोक दर्शनले गएको आर्थिक वर्षमा आम्दानी बढाएको छ। कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ८ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको आम्दानी ६ करोड ९३ लाख रुपैयाँ कमाई गरेको थियो। यो २३.२२ प्रतिशत बढेको हो। 

अन्य आम्दानी 

कम्पनीले अन्य आम्दानी ४३ लाख १८ हजार रुपैयाँ गरेको छ जुन अघिल्लो वर्ष ३७ लाख ४५ हजार रुपैयाँमा रहेको थियो। 

सञ्चालन आम्दानी र सञ्चालन मुनाफा
असार सम्म कम्पनीको सञ्चालन आम्दानी बढेको हो। असार सम्म यो आम्दानी ८ करोड ५४ लाख रहेको छ जुन २२.३२ प्रतिशत बढेको छ। तेस्तै सञ्चालन मुनाफा पनि १०.३८ प्रतिशतले बढेको छ। 

प्रति सेयर आम्दानी
४ रुपैयाँ ४७ पैसा (३२ पैसा बढयो ) 

प्रति सेयर नेटवर्थ
१०० रुपैयाँ ७५ पैसा

चुक्ता पूँजी
५९ करोड ६३ लाख रुपैयाँ 

जगेडा कोष
७७ लाख ७३ हजार रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको