Like us!
Follow us!
Connect us!
Watch us!

कालिञ्चोक दर्शनको व्यवसाय खस्कियो: पहिलो त्रैमासमा ८५ लाख घाटा

अर्थ संसार

आइतबार, ०२ मंसिर २०८१, ०८ : ४६ मा प्रकाशित

कालिञ्चोक दर्शनको व्यवसाय खस्कियो: पहिलो त्रैमासमा ८५ लाख घाटा

कालिञ्चोक दर्शनले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा ८५ लाख ७० हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको सेवा आम्दानीमा पनि उल्लेखनीय गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीले ४४ लाख ६५ हजार रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९४.६६ प्रतिशतले कम हो। गत वर्षको यही अवधिमा कम्पनीले ८ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो।

सञ्चालन खर्चतर्फ भने कम्पनीले ४ लाख ५१ हजार रुपैयाँ खर्च गरेको छ। यो रकम गत वर्षको तुलनामा निकै कम हो, जब कम्पनीले ३९ लाख ३६ हजार रुपैयाँ खर्च गरेको थियो।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ समेत ७ लाख ७८ हजार रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष कम्पनीको रिजर्भमा ७७ लाख ७३ हजार रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रति सेयर आम्दानी (ईपीएस) १.४३ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यो सूचक ४.४४ रुपैयाँ थियो। त्यसैगरी, कम्पनीको प्रति सेयर नेटवर्थ ९९.३२ रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको