Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी पुर्याउन नसकेका कम्पनीहरुलाई हकप्रद निकाल्न दिने बीमा प्राधिकरणको निर्णय

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, ०८ : ५४ मा प्रकाशित

पुँजी पुर्याउन नसकेका कम्पनीहरुलाई हकप्रद निकाल्न दिने बीमा प्राधिकरणको निर्णय

नेपाल बीमा प्राधिकरणले तोकेको जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम पुँजी पुर्याउन नसकेका आधा दर्जन बीमा कम्पनीलाई हकप्रद सम्बन्धी प्रक्रिया अघि बढाउन सहमति दिने बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेको छ। 

पहिलो चरणमा मर्ज गरेर पनि पुँजी नपुगेका ३-३ वटा जीवन बीमा र निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिने निर्णय गरेको हो। अब जीवन बीमा कम्पनीहरु प्रभु महालक्ष्मी लाईफ, सूर्यज्योति, सानिमा रिलाइन्स  र निर्जीवन बीमा कम्पनीहरु हिमालयन एभरेष्ट,अजोड युनाइटेड इन्स्योरेन्स  तथा सानिमा जिआईसीलाई हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। 

प्राधिकरणले तोकेको पुँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २१.९५ प्रतिशत,सूर्यज्योतिले १० प्रतिशत,सानिमा रिलायन्सले १९.५० प्रतिशत, हिमालयन एभरेष्टले ११.६१ प्रतिशत  युनाइटेड अजोडले २३.२६ प्रतिशत र सानिमा जीआईसी इन्स्योरेन्सले २५ प्रतिशतको हकप्रद ल्याउनुपर्ने देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको