Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घटाएर एनआईसी एशिया बैंकले सार्वजनिक गर्याे सूचना

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, ०९ : ०३ मा प्रकाशित

ब्याजदर घटाएर एनआईसी एशिया बैंकले सार्वजनिक गर्याे सूचना

एनआईसी एशिया बैंकले भाद्र १ गते देखि लागु हुने ब्याजदर सार्वजनिक गरेको छ । श्रावणको तुलनामा भाद्रमा बैंकले ब्याजदर घटाएको छ। 

बैंकले भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

तेस्तै, बैंकले मुद्दति निक्षेपमा  व्यक्तिगततर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंकको आधार दर १०.१८ प्रतिशत रहेको छ भने  बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने सूचनामा उल्लेख छ। 

64dd92f9f156a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको