Like us!
Follow us!
Connect us!
Watch us!

ठूला बैंकले ब्याजदर घटाएपछि बढ्याे बजार : म्युचुअल फण्डबाहेक सबै सूचकमा हरियाली

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, १५ : १६ मा प्रकाशित

ठूला बैंकले ब्याजदर घटाएपछि बढ्याे बजार : म्युचुअल फण्डबाहेक सबै सूचकमा हरियाली

साउन महिनाकाे अन्तिम काराेबार दिन आज बिहीबार सेयर बजार हरियाे भएर बन्द भएकाे छ । 

यसअघि लगानीकर्ताहरूमा भदाै महिनामा बैंकहरूकाे ब्याजदर के हाेला भन्ने अन्याैलता थियाे । आज बैंकहरूले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेसँगै लगानीकर्ताहरूको त्यो अन्योल हटेको छ । यता अधिकांश बैंकहरूले ब्याजदर बढाएपनि बजारका ठूला बैंकहरूले ब्याजदर घटाएपछि आज बजारमा केही सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८.०१ अंकले घटेर २०३३.१३ विन्दुमा झरेकाे छ । नेप्से ०.३९  प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.०८ अंकले घटेर ३८७.३८ विन्दुमा पुगेकाे छ । 

कूल २७१ वटा कम्पनीकाे ४० लाख ९ हजार २ सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५४ करोड १३ लाख ६७ हजार ३ सय ९८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सूचक बढेको छ । 

त्यसैगरी, बिहीबार साेल्टी हाेटलकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १३ कराेड ७१ लाख ५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्कीम २ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । उक्त फण्डकाे मूल्य १० प्रतिशतले बढेर ९ रूपैयाँ ३५ पैसा पुगेकाे छ । 

यस दिन लक्ष्मी इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ७.४३ प्रतिशतले घटेर ८ रूपैयाँ ३५ पैसामा झरेकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको