Like us!
Follow us!
Connect us!
Watch us!

थप ५ कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र, नयाँ ब्रोकरको संख्या अब ३७

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, ०७ : ४५ मा प्रकाशित

थप ५ कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र, नयाँ ब्रोकरको संख्या अब ३७

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले थप ५ वटा ब्रोकर कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गरेको छ ।  सेबोनले बिहीबार गरेको निर्णय अनुसार ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।

सेबोनका अनुसार सजिलो ब्रोकर लिमिटेड, रोडसो सेक्युरिटिज, बेनी सेक्यूरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्यूरिटिजलाई लाइसेन्स दिएको प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए ।

यी मध्य सजिलो ब्रोकर, रोडसो र बेनी सेक्यूरिटिजले सिमित कार्य गर्ने र हिमालयन र सनी सेक्यूरिटिजले पूर्ण कार्य गर्ने लाइसेन्स पाएका हुन् । सनी सेक्यूरिटिज पुरानो ४२ नम्बर ब्रोकर हो ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएको नयाँ ब्रोकरको संख्या ३७ पुगेको छ । ब्रोकर लाइसेन्सका लागि आवेदन दिएकामध्ये ४३ कम्पनीहरुलाई आशयपत्र प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको