Like us!
Follow us!
Connect us!
Watch us!

एलओआई दिन सेबोन आक्रामक : थप १३ नयाँ ब्रोकर कम्पनीले पाए आशयपत्र

अर्थ संसार

विहीबार, २१ बैशाख २०८०, ०९ : २२ मा प्रकाशित

एलओआई दिन सेबोन आक्रामक : थप १३ नयाँ ब्रोकर कम्पनीले पाए आशयपत्र

नेपाल धितोपत्र बोर्डले (सेबोन)ले थप १३ वटा नयाँ कम्पनीलाई ब्रोकर व्यवसाय सञ्चालनका लागि आशयपत्र अर्थात् लेटर अफ इन्टेन्ट (एलओआई)  प्रदान गरेको छ । 

सेबोनमा बुधबार बसेको सञ्चालक समितिको बैठकले थप १३ कम्पनीलाई एलओआई प्रदान गर्ने निर्णय गरेको हो। अब  एलओआई पाउने ब्रोकर कम्पनीको संख्या २९ पुगेको छ। यसअघि सेबोनले १६ वटा कम्पनीलाई एलओआई प्रदान गरेको थियो।   

एलओआई प्राप्त गर्ने कम्पनीहरु
१.सनराइज सेक्युरिटिज 
२.जेबीएनएल सेक्युरिटिज
३.सेयरप्रो सेक्युरिटिज
४.स्टकस्कार्टस् सेक्युरिटिज
५.प्रोपर्टी विजार्ड
६.क्यापिटल हब
७.मिल्की वे सेयर ब्रोकर
८.ब्लुचिप सेक्युरिटिज
९.गरिमा सेक्युरिटिज
१०.कलश स्टक मार्केट
११.मनी वर्ल्ड सेयर एक्सचेन्ज
१२.शुभकामना सेक्युरिटज 
१३.मियो सेक्युरिटिज

यसअघि सेबोनबाट एलओआई पाउनेमा कम्पनीहरु 

१.नबिल सेक्युरिटिज
२.मेघा स्टक मार्केट
३.हिमालयन ब्रोकेज 
 ४.सीबीआईएल सेक्युरिटिज
५.केबीएल सेक्युरिटिज
६.एनएमबि सेक्युरिटिज
७.आरबीबी सेक्युरिटिज
८.सानिमा सेक्युरिटिज
९. इन्डेक्स सेक्युरिटिज
१०.सन सेक्युरिटिज
११.क्यापिटल म्याक्स सेक्युरिटिज
१२.भोले गणेश सेक्युरिटिज
१३.इन्फिनिटी सेक्युरिटिज
१४.आकाश भैरव सेक्युरिटिज 
१५.एलिट स्टक हाउस 
१६.एस पि एस ए सेक्युरिटिज

यी मध्ये स्टक डिलरका रुपमा नबिल सेक्युरिटिजले आवेदन दिएको छ भने रपूर्ण ब्रोकरेज कार्य गर्ने धितोपत्र दलालका मेघा स्टक मार्केट आवेदन दिएको छ। अरु १४ वटा भने सीमित ब्रोकरेज सेवा प्रदान गर्ने ब्रोकर कम्पनीहरु छन्।

ब्रोकर व्यवसाय सञ्चालनका लागि कुल ४६ वटा कम्पनीले आवेदन परेको थियो । जसमध्य एक कम्पनीले आफ्नो आवेदन फिर्ता लियो भने अर्को सनि सेक्युरिटिज पुरानै ब्रोकर कम्पनी हो । 

अझै १५ वटा कम्पनीको जाँचबुझ र अध्ययन गरि धितोपत्र बोर्डले एलओआई जारी गर्ने सक्नेछ  । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको