Like us!
Follow us!
Connect us!
Watch us!

हामी बुलिस चरणमा प्रवेश गरिसक्याैँ, २२ सयमाथि टिकेर बस्ने पैसा छैन : काका

अर्थ संसार

आइतबार, ०३ भदौ २०८०, १४ : ०८ मा प्रकाशित

सेयर विश्लेषक केशव कोइराला (काका) ले बजार बढ्न पैसा चाहिने बताएका छन् । वि.सं २०८० लाई लगानी वर्ष घोषणा गरेका उनले अर्थ संसारमा प्रसारण हुने 'काकाको लगानी वर्ष २०८०' मा बोल्दै उनले बजार बढ्न मुख्य कुरा पैसा चाहिने बताएका हुन् । बजारमा पैसा भए वित्तीय विवरणहरू नराम्रो आएपनि बजार बढ्ने उनको तर्क छ । 

बजार बुलिस चरणमा प्रवेश गरिसकेको उनी बताउँछन् । उनले भने, अहिलेको अवस्थामा बजार १८०७ भन्दा तल जाने सम्भावना म कतै देख्दिँन । बजार अब बुलिस चरणमा प्रवेश गरिसक्यो । तर जतिसुकै बुलिस चरणमा प्रवेश गर्यो भनेपनि बजार बढेर २२ सयमाथि टिकेर बस्ने पैसा पनि छैन । जुन नयाँ पैसा अलिअलि बजारमा छिर्छ विभिन्न गुणबाट यति ठूलो सप्लाई आइरहेको छ त्यसले पैसा पलायान गर्दिन्छ । हामी जतिसुकै उफ्रे पनि पुग्ने २२०० माथि हो त्यहाँ पुगेपछि जतिसुकै गुड न्यूज आएपनि बजार झर्नैपर्यो किन ? त्यहाँ टिकेर त बस्दैन नी कि त त्यहाँबाट माथि जानुपर्यो यहाँ ९० प्रतिशत बढी मान्छेहरू ट्रेडर छन् । त्यहाँ पुग्दा नाफा भएको हुन्छ अब नाफा भएपछि की थप नाफाको लागि त्यहाँभन्दा माथि जानुपर्यो हैन भने त्यहाँ पुगेपछि उनीहरूले नाफा बुक गर्छन् नाफा बुक गरेपछि बजार झर्छ ।

उनले थपे, '२२ सय भन्दा माथि जाने पैसा नभएकाले बजार घटेको हो । अलि तल झरेपछि फेरि किन्छन् फेरि त्यो २२०० को विन्दुमा त पुगिहाल्छ नी । अहिले हामीले बजारमा सर्टटमका लागि सोच्ने भनेको १८ सयदेखि २२ सयसम्मको विन्दु हो ।'

कुराकानीकै क्रममा उनले पछिल्लो समय बजारमा सप्लाई बढाउने काम मात्रै भइराखेको भन्दै धितोपत्र बोर्डले सप्लाई बढाउने काम मात्रै नगरेर डिमान्ड बढ्ने अवस्था पनि सृजना गरिदिनु पर्नेमा जोड दिए । जस्तासुकै घाटाका कम्पनीहरूलाई पनि आईपीओ र हकप्रद अनुमति दिएर सर्वसाधारणलाई घाटा भिडाउने काम बन्द हुनुपर्ने उनले बताएका छन् ।

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको