Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, ट्रनओभरमा आईएमई लाइफ अब्बल

अर्थ संसार

आइतबार, ०३ भदौ २०८०, १५ : १० मा प्रकाशित

दाेहाेराे अंकले घट्याे सेयर बजार, ट्रनओभरमा आईएमई लाइफ अब्बल

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक २१.९९ अंकले घटेर २०११.१४ विन्दुमा झरेकाे छ । नेप्से १.०८ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.२५ अंकले घटेर ३८४.१२ विन्दुमा झरेकाे छ । 

कूल २६९ वटा कम्पनीकाे ४४ लाख ५९ हजार ४ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ७४ लाख ८ हजार ९ सय ४२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सूचक घटेको छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह घटेकाे छ ।

त्यसैगरी, आइतबार आईएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ कराेड ६३ लाख १ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ४.५७ प्रतिशतले बढेर १२ सय ४६ रूपैयाँ ५० पैसा पुगेकाे छ । 

यस दिन कृषि विकास बैंक डिबेञ्चर २०८३ काे मूल्यमा नकारात्मक सर्किट लागेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य १० प्रतिशतले घटेर एक हजार २९ रूपैयाँ ६० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको