Like us!
Follow us!
Connect us!
Watch us!

आज दिउँसो देशभर सामान्य बदली रहनेछ

अर्थ संसार

मंगलबार, ०५ भदौ २०८०, ०९ : ०६ मा प्रकाशित

आज दिउँसो देशभर सामान्य बदली रहनेछ

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेकाजल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रहनेछ ।

कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको