अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडले वार्षिक साधारण सभा आज बस्दै छ । कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभा आज भदाै ६ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ ।
साधारण सभाको विषय सूची
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत कम्पनीको आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेबारे ।
२. लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा/ ( नोक्सान) हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गर्नेबारे ।
३. लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्नेबारे ।
४. विविध ।
विशेष प्रस्ताव
१. आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आ.व. २०७८ / ७९ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने सम्बन्धमा ।
२. विविध ।
कम्पनीले साधारण सभा प्रयाेजनका लागि साउन २६ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे थियो । त्यसैले, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका सेयरधनीहरूले साधारण सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस