Like us!
Follow us!
Connect us!
Watch us!
अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडको वार्षिक साधारण सभा

कुलमानमाथि लगानीकर्ताको "आक्रोश", कुलमानले भने "विषय उठाएपछि जवाफ पनि सुनेर गएको भए राम्रो हुन्थ्यो"(भिडियो)

अर्थ संसार

शुक्रबार, ०८ भदौ २०८०, ०९ : ५२ मा प्रकाशित

अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडको पन्ध्राैँ वार्षिक साधारण सभा आज भदाै ६ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आज सम्म भयो। 

साधारण सभाले आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। तेस्तै लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा/ ( नोक्सान) हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तनलाई पनि सर्वसम्मत रुपमा पारित गर्यो।

सभाले लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्नुका साथै निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्यो। लेखा परीक्षकको रुपमा चार्टर्ड एकाउन्टेन्टहरु अनिल पौडेल र उमेश राज पाण्डेलाई नियुक्त गर्दै  पारिश्रमिक २,८२,५०० रुपैया प्रतेकलाई दिने निर्णय गर्यो। 

सभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आ.व. २०७८ / ७९ मा आर्थिक सहयोग ६ लाख ६ हजार ३०० उपलब्ध गराइएको रकम अनुमोदन पनि गरेको थियो। 

कम्पनीले साधारण सभा प्रयाेजनका लागि साउन २६ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे थियो । त्यसैले, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका सेयरधनीहरूले साधारण सभामा भाग लिएका थिए। 

सभमा बोल्दै की सेयरधनीले कम्पनीको कामकारबाही माथि प्रश्न उठाए भने कतिले कम्पनीको सब्बल पक्षको बारेमा आफ्नो धारणा राखे। 

हेर्नुहोस अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडको पन्ध्राैँ वार्षिक साधारण सभाको केहि सम्पादित दृश्य 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको