Like us!
Follow us!
Connect us!
Watch us!

घिसिङ–बालेन भेट: “देश बनाउने अभियानमा हामी सँगै”

अर्थ संसार

सोमबार, १५ मंसिर २०८२, ०७ : ३६ मा प्रकाशित

घिसिङ–बालेन भेट: “देश बनाउने अभियानमा हामी सँगै”

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका घिसिङ र मेयर बालेनबीच आइतबार बालेनको निवासमा भेटघाट भएको बालेन सचिवालयले जनाएको छ।

मन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै “देश बनाउने अभियानमा हामी सँगै छौं” भनेर टिप्पणी गरेका छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनका तयारी, वर्तमान राजनीतिक अवस्था तथा समसामयिक मुद्दाहरूमा दुबैबीच विस्तृत छलफल भएको बताइएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको