Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा

अर्थ संसार

आइतबार, १० भदौ २०८०, १० : ३१ मा प्रकाशित

सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा

सिटिजन्स बैंकद्वारा प्रवर्द्धन गरिएकाे तथा सिटिजन्स क्यापिटल (साविककाे सिबिआईएल क्यापिटल) लिमिटेडद्वारा व्यवस्थान सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले लाभांश घाेषणा गरेकाे छ ।

सिटिजन्स क्यापिटलकाे भदाै ७ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७९/८० को लागि सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरूलाई ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

त्यसैगरी, फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भदाै १९ गते, बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, भदाै १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने ईकाईधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

64ead570be1a4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको