Like us!
Follow us!
Connect us!
Watch us!

'कुथेली' उड्दा सुत्यो 'सुरी', १९७५ कुर्दै लगानीकर्ता

अर्थ संसार

आइतबार, १० भदौ २०८०, १५ : ४३ मा प्रकाशित

'कुथेली' उड्दा सुत्यो 'सुरी', १९७५ कुर्दै लगानीकर्ता

साताको पहिलो दिन आज आईतबार नेप्से परिसूचक २०.५४ अंकले घटेको छ। बजार दोहोरो अंकले घट्दा कारोबार रकममा भने गिरावट आएको छ। आज बजारमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।  

बजार दोहोरो अंकले घटेतापनि कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। त्यस्तै सर्वाधिक घट्नेमा मकर जितुमाया सुरी हाइड्रोपावर रहेको छ। यसको सेयरमूल्य ९% भन्दा धेरैले घटेको छ।  

आज सर्वाधिक कारोबार हुने कम्पनीको शिर्षस्थानमा एसियन लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ। एसियनको ७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बजार खुलेदेखि नै बिक्रिकर्ताहरु हावी भएको देख्न सकिन्थ्यो। गत बिहिबारको दिन बजार २०५१ को बिन्दुसम्म पुगेर झरेको थियो। बिहिबार नेप्से परिसूचक २०५० माथि रहन सकेको भए एउटा राम्रो र्याली आउनसक्ने अपेक्षा गरिएको थियो तर त्यसो हुन सकेन। यतिबेला बजारमा ठूला लगानीकर्ताहरुको उपस्थिति नरहेको हुँदा कारोबार रकम बढ्न नसकेको जानकारहरु बताउँछन्। बजारमा ठूला लगानीकर्ताहरु भित्रिने वातावरण बन्न नीतिगत तहबाटै पहल हुनुपर्ने जानकारहरुको भनाई रहेको छ।  

बजार बलियो डिमाण्ड जोनमा प्रवेश गरिसकेको प्राविधिक विश्लेषकहरु बताउँछन्। १९९० देखि १९६० को जोनबाट बजार फर्किन सक्ने प्रबल सम्भावना रहेको उनीहरुको भनाई रहेको छ। '१९७५ एउटा महत्वपूर्ण बिन्दु हो, त्यो भन्दा तलको बजारलाई चाहिं म दुर्घटना नै भन्छु', एक प्राविधिक विश्लेषकले अर्थसंसारलाई बताए। 

64eb226a9ef65.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको