Like us!
Follow us!
Connect us!
Watch us!

१०.८६ प्रतिशतले घट्याे बरुण हाइड्रोकाे नाफा, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, १२ : २७ मा प्रकाशित

१०.८६ प्रतिशतले घट्याे बरुण हाइड्रोकाे नाफा, अन्य सूचक कस्ता छन् ?

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ८८ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०.८६ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले ९९ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी भने १८.२१ प्रतिशतले बढेर ३ करोड ८३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड २४ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ । कम्पनीकाे वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ३९ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको