Like us!
Follow us!
Connect us!
Watch us!

तीव्र उतारचढावबीच बढेर बन्द भयाे नेप्से, काराेबार रकम १ अर्ब पनि पुगेन

अर्थ संसार

सोमबार, ११ भदौ २०८०, १५ : ०७ मा प्रकाशित

तीव्र उतारचढावबीच बढेर बन्द भयाे नेप्से, काराेबार रकम १ अर्ब पनि पुगेन

आज (साेमबार) सेयर बजारमा तीव्र उतारचढाव देखियाे । तीव्र उतारचढावबीच अन्त्यमा नेप्से बढेर नै बन्द भएकाे छ । यद्यपी आज काराेबार रकम भने १ अर्ब पनि पुग्न सकेन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ विन्दुमा पुगेकाे छ । नेप्से ०.२५ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.४५  अंकले बढेर ३८३.५६ विन्दुमा पुगेकाे छ ।

कूल २७९ वटा कम्पनीकाे ३६ लाख ७० हजार ७ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ९८ करोड ८६ लाख २८ हजार ५ सय ६२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

आज लक्ष्मी सनराइज बैंककाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ७ कराेड ३१ लाख ७९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

साेमबार कुथेली बुखरी स्मल हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ४८ रूपैयाँ ३० पैसा पुगेकाे छ ।

यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ४.३८ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ११४ रूपैयाँ ९० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको