Like us!
Follow us!
Connect us!
Watch us!

बजार बढ्दा टप ब्रोकरको खरिद भन्दा बिक्री धेरै, कुन-कुन कम्पनीको सेयर बेचे ?

अर्थ संसार

सोमबार, ११ भदौ २०८०, १७ : १६ मा प्रकाशित

बजार बढ्दा टप ब्रोकरको खरिद भन्दा बिक्री धेरै, कुन-कुन कम्पनीको सेयर बेचे ?

साताकाे दाेश्राे काराेबार दिन साेमबार बजारमा सामान्य सुधार देखिएकाे छ । नेप्से परिसूचक बढ्दा काराेबार रकम भने घटेकाे छ ।

आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ विन्दुमा पुगेकाे छ । नेप्से ०.२५ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.४५  अंकले बढेर ३८३.५६ विन्दुमा पुगेकाे छ ।

कूल २७९ वटा कम्पनीकाे ३६ लाख ७० हजार ७ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ९८ करोड ८६ लाख २८ हजार ५ सय ६२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

बजारमा सुधार देखिँदा पनि आज टप ब्रोकरको भने खरिद भन्दा बिक्री धेरै देखिएकाे छ । आज ब्रोकर नम्बर ५८ अर्थात नासा सेक्युरिटिजबाट सर्वाधिक कारोबार भएको छ । ब्रोकर नम्बर ५८ काे प्ल्याटफर्मबाट आज ३ कराेड ९२ लाख ४५ हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा ६ कराेड ९९ लाख २७ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ । 

ब्रोकर नम्बर ५८ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy

लक्ष्मी सनराइज बैंक - २४ हजार १ सय २७ कित्ता
आइएमइ लाइफ इन्स्याेरेन्स - ४ हजार ४ सय ८९ कित्ता
सिटी हाेटल - ३ हजार ५ सय ४९ कित्ता

Top Sell

साेल्टी हाेटल - २० हजार ३ सय ५० कित्ता
आइएमइ लाइफ इन्स्याेरेन्स - १३ हजार ४ सय २२ कित्ता
सिटी हाेटल - ६ हजार ५१ कित्ता

त्यसैगरी, साेमबार टप ब्राेकरकाे सूची हेर्दा दाेश्राेमा ब्राेकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । आज ब्राेकर नम्बर ३४ बाट ३ कराेड ९४ लाख ७९ हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा ५ कराेड २ लाख ५९ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ । 

ब्राेकर नम्बर ३४ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy

एनआइसी एशिया बैंक - ३ हजार ५ सय ६२ कित्ता
सुर्यज्याेति लाइफ इन्स्याेरेन्स - ५ हजार ६९ कित्ता
आइजीआइ प्रुडेन्सियल इन्स्याेरेन्स - ५ हजार १ सय ४३ कित्ता

Top Sell

इमर्जीङ नेपाल - ५ हजार ८ सय ४० कित्ता
लक्ष्मी सनराइज बैंक - १६ हजार १ सय २६ कित्ता
आइजीआइ प्रुडेन्सियल इन्स्याेरेन्स - ५ हजार ४ सय ९८ कित्ता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको