Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, ट्रनओभरमा माछापुच्छ्रे बैंक अब्बल

अर्थ संसार

मंगलबार, १२ भदौ २०८०, १५ : २२ मा प्रकाशित

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, ट्रनओभरमा माछापुच्छ्रे बैंक अब्बल

आज (मंगलबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ विन्दुमा झरेकाे छ । नेप्से ०.२५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.७१ अंकले घटेर ३८२.८५ विन्दुमा झरेकाे छ । 

कूल २७८ वटा कम्पनीकाे ४० लाख ६ हजार ७ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा ८६ करोड ५१ लाख २० हजार ४ सय ५२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सूचक घटेको छ । बाँकी ४ वटा समूह भने बढेका छन् ।

त्यसैगरी, मंगलबार माछापुच्छ्रे बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३ कराेड ६२ लाख २ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज पनि कुथेली बुखरी स्मल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ९ सय ३३ रूपैयाँ १० पैसा पुगेकाे छ । ग्लोबल आईएमई ब्यालेन्स फण्डको मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।

यस दिन स्वाभिमान लघुवित्तकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ४.८३ प्रतिशतले घटेर एक हजार ६१ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको