Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियम सहितको माण्डु हाइड्रोपावरको आईपीओ आजै बन्द हुने

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, ०७ : २१ मा प्रकाशित

प्रिमियम सहितको माण्डु हाइड्रोपावरको आईपीओ आजै बन्द हुने

माण्डु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको आईपीओ आज भाद्र १३ गते देखि बन्द हुने भएको छ ।  तर यो आईपिओ भने १०० रुपैयाँमा नभएर प्रिमियम मुल्यमा निष्काशन भएको हो ।अर्थात प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आवेदन दिन पर्नेछ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिएको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो। उक्त मध्य बिक्री नभएको ७९ लाख ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो। यसमध्य २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। कम्पनीले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँडफाँट गरेको हो।

कति दिने आवेदन ?

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

कहिलेसम्म दिने आवेदन ?

निष्काशन बन्द छिटोमा भदौ १३ गते हुनेछ भने ढिलोमा भदौ २४ गते हुनेछ।

को हो बिक्री प्रबन्धक ?

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कहाँबाट दिने आवेदन ?

सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा  ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ ?

 इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रोजेक्ट र लागत 

कम्पनीले निर्माण गरि २२ मेगावाटको मागमती साना जलविद्युत आयोजना अहिले सञ्चालनमा रहेको  छ।  यस आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ। प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ देखिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको