Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो चरणको माण्डु हाइड्रोपावरको आईपीओ खुला, प्रति कित्ता २०६ रुपैयाँ

अर्थ संसार

विहीबार, २८ असार २०८०, ०८ : ४२ मा प्रकाशित

पहिलो चरणको  माण्डु हाइड्रोपावरको आईपीओ खुला, प्रति कित्ता २०६ रुपैयाँ

माण्डु हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ निष्काशन आज देखि खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज असार २८ गतेदेखि आईपीओ निष्काशन खुला गरेको हो। 

यस आइपिओ प्रिमियममा निष्काशन हुने छ। अर्थात प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न जानकारी कम्पनीले दिएको छ। 

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता  सेयरका लागि ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं। ३ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

तेस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले १ लाख ३६ हजार ३६४ कित्ता साधारण सेयर प्रतिकित्ता २०६ रुपैयाँमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि आवेदन खुला गरिएको हो। 

कति दिने आवेदन ?

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

कहिलेसम्म दिने आवेदन ?

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ११ गते हुनेछ भने ढिलोमा साउन २६ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्र आवेदन दिनु पर्नेछ। 

को हो बिक्री प्रबन्धक ?

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कहाँबाट दिने आवेदन ?

स्थानीय बासिन्दाले आयोजना स्थल, कुमारी बैंक, प्रभु बैंक तथा प्रभु क्यापिटलका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै प्रभु क्यापिटलले निर्माण गरेको अनलाईन लिङ्क=मार्फत पनि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा  ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ ?

 इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रोजेक्ट र लागत 

कम्पनीले निर्माण गरि२२ मेगावाटको मागमती साना जलविद्युत आयोजना अहिले सञ्चालनमा रहेको  छ।  यस आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ। प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ देखिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको