Like us!
Follow us!
Connect us!
Watch us!

१२ प्रतिशत लाभांश पारित गर्न माण्डु हाइड्रोपावरको साधारणसभा आज बस्दै

अर्थ संसार

सोमबार, १४ असोज २०८१, ०७ : ४९ मा प्रकाशित

१२ प्रतिशत लाभांश पारित गर्न माण्डु हाइड्रोपावरको साधारणसभा आज बस्दै

१२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको माण्डु हाइड्रोपावरको वार्षिक साधारणसभा आज सोमबार बस्दैछ। साधारणसभा नयाँबजारमा रहेको नेपा ब्यांकेटमा बिहान १० बजे सुरु हुनेछ 

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट सेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ। अब साधारणसभाबाट पारित हुनेछ। 

सभामा आर्थिक वर्ष ०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुने कम्पनीले जनाएको छ। आर्थिक वर्ष ०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते बुक क्लोज गरिसकेको छ।  भदौ ३० गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन्।

कम्पनीले यसअघिको वर्ष पनि १० प्रतिशत नगद लाभांश दिएको थियो।  माण्डु हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँ छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको