Like us!
Follow us!
Connect us!
Watch us!

१९९० भन्दा तल बजार जान नदिने याेजनामा 'खेलाडी' हरू

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, १५ : ०७ मा प्रकाशित

१९९० भन्दा तल बजार जान नदिने याेजनामा 'खेलाडी' हरू

 याे साताकाे अन्तिम काराेबार दिन आज (बुधबार) पनि सेयर बजार झिनाे अंकले घटेर बन्द भएकाे छ । 

याे साताभर नै बजार १९९० भन्दा तल गएर बन्द भएन । इन्ट्रा डेमा बजार १९९० भन्दा तल गए पनि बन्द हुँदासम्म भने १९९० कै विन्दुमा हुन्थ्याे । आज पनि अन्तिम प्रहरमा बजार १९९० कै विन्दुमा बन्द भयाे । बजारका खेलाडीहरूले नेप्से १९९० भन्दा तलकाे विन्दुमा जान नदिने याेजना बनाएका बुझ्न सकिन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा झरेकाे छ । नेप्से ०.१४ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.१३ अंकले घटेर ३८१.७१ विन्दुमा झरेकाे छ । 

कूल २७६ वटा कम्पनीकाे ३८ लाख ३ हजार २ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ८ हजार ४१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सूचक घटेको छ । बाँकी २ वटा समूह भने बढेका छन् । व्यापार र हाेटल तथा पर्यटन समूह बढेकाे हाे ।

त्यसैगरी, बुधबार माछापुच्छ्रे बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १० कराेड ९१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज सिटी हाेटलका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । हाेटलकाे सेयरमूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ७ सय ५६ रूपैयाँ पुगेकाे छ ।

यस दिन सिद्धार्थ इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ७.९४ प्रतिशतले घटेर ८ रूपैयाँ १२ पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको