Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी माइक्रो लाइफका अध्यक्षले लिए शपथ ग्रहण

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, १५ : ३८ मा प्रकाशित

लिवर्टी माइक्रो लाइफका अध्यक्षले लिए शपथ ग्रहण

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

त्यस अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरुलाई निर्देशन दिए ।

शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव उपस्थित थिए ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको