Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं र ललितपुर क्षेत्रमा भोलि शनिबार साढे ८ घण्टा विद्युत अवरूद्ध हुने

अर्थ संसार

शुक्रबार, १५ भदौ २०८०, ०९ : ३७ मा प्रकाशित

काठमाडौं र ललितपुर क्षेत्रमा भोलि शनिबार साढे ८ घण्टा विद्युत अवरूद्ध हुने

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकारणले आज सूचना निकालेर विद्युत् अवरूद्ध हुने जानकारी दिएको हो।

रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा भोलि बिहान १० बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ। निर्धारित समयअघि काम सकिए तत्कालै आपूर्ति गरिने पनि सूचनामा उल्लेख छ।

टेकु सबस्टेसनको स्तरोन्नती गर्ने काम भइरहेकाले विद्युत् आपूर्ति प्रभावित हुने भएको हो।

64f1601937de1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको