Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश सिजन : यी हुन् उच्च लाभांश क्षमता भएका ५ वटा वाणिज्य बैंक, हेर्नुस् कुनकाे कति ?

अर्थ संसार

शुक्रबार, १५ भदौ २०८०, १५ : ५५ मा प्रकाशित

लाभांश सिजन : यी हुन् उच्च लाभांश क्षमता भएका ५ वटा वाणिज्य बैंक, हेर्नुस् कुनकाे कति ?

नयाँ आर्थिक वर्ष सुरू भएसँगै यतिबेला धिताेपत्र दाेश्राे बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूकाे लाभांश सिजन पनि सुरू भएकाे छ । केही सूचिकृत कम्पनीहरूले लाभांश घाेषणा पनि गरिसकेका छन् । हालसम्म नेप्सेमा सूचिकृत एउटा वाणिज्य बैंकले लाभांश घाेषणा गर्याे । लाभांश घाेषणा गर्ने बैंकमा माछापुच्छ्रे बैंक प्रथम बनेकाे हाे । बैंकबाहेक कतिपय म्युचुअल फण्डहरूले पनि लाभांश घाेषणा गरिसकेका छन् ।

माछापुच्छ्रे बैंक लिमिटेडकाे भदाै १३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७९/८० का लागि हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । 

आज हामी यहाँ उच्च लाभांश क्षमता भएका ५ वटा वाणिज्य बैंकहरूकाे बारेमा चर्चा गर्नेछाैँ । गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा सूचिकृत वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै लाभांश क्षमता भएका ५ वटा वाणिज्य बैंकहरू यस प्रकारका छन् :

१. एभरेष्ट बैंक लिमिटेड

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा सूचिकृत वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंक लिमिटेडकाे छ ।  एभरेष्ट बैंकले कुल ४०.५० प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेकाे छ । बैंककाे वितरणयाेग्य मुनाफा ४ अर्ब ३३ कराेड ३२ लाख ५ हजार रूपैयाँ रहेकाे छ ।

२. एनआईसी एशिया बैंक लिमिटेड

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार उच्च लाभांश वितरण गर्नसक्ने दाेश्राेमा एनआईसी एशिया बैंक रहेकाे छ । एनआईसी एशिया बैंकले ३१.९९ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेकाे छ । बैंककाे वितरणयाेग्य मुनाफा ३ अर्ब ६९ कराेड ८८ लाख ३४ हजार रूपैयाँ रहेकाे छ ।

३. स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड

उच्च लाभांश वितरण गर्न सक्ने सूचीकाे तेश्राे नम्बरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेकाे छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले २८.९९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेकाे छ । गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार बैंककाे वितरणयाेग्य मुनाफा २ अर्ब ७३ कराेड ३९ लाख ३६ हजार रूपैयाँ रहेकाे छ ।

४. सानिमा बैंक लिमिटेड 

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा सूचिकृत वाणिज्य बैंकहरूमध्ये सर्वाधिक लाभांश बाँड्न सक्ने क्षमता भएकाे चाैथाे नम्बरमा सानिमा बैंक लिमिटेड रहेकाे छ । सानिमा बैंकले १७.७३ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेकाे छ । बैंककाे वितरणयाेग्य मुनाफा १ अर्ब ६९ कराेड ८८ लाख ३४ हजार रूपैयाँ रहेकाे छ ।

५. माछापुच्छ्रे बैंक लिमिटेड

उच्च लाभांश वितरण गर्न सक्ने सूचीकाे पाँचाै नम्बरमा माछापुच्छ्रे बैंक लिमिटेड रहेकाे थियाे । गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार  बैंकले १५.२९ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता थियाे । तर बैंकले लाभांश घाेषणा गरिसकेकाे छ । बैंकले १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको