Like us!
Follow us!
Connect us!
Watch us!

आई. एम. ई. लाईफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड, २०२३ सम्पन्न

अर्थ संसार

शनिबार, १६ भदौ २०८०, ०८ : ३७ मा प्रकाशित

आई. एम. ई. लाईफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड, २०२३ सम्पन्न

आई.एम.ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शुक्रवार एक होटेलमा एक समारोह  बीच “आई. एम. ई. लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२३” सम्पन्न भएको छ । 
कम्पनीमा आवद्ध भई कार्य गर्ने अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । कम्पनीले दिएको जानकारी अनुसार उपरोक्त कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिती थियो ।

 अवार्ड वितरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकाल लगायत कम्पनीका संचालक समितिका सदस्यहरुको उपस्थिति थियो । 

कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले बीमा क्षेत्रले देश र समाजको आर्थिक गतिविधिमा टेवा पु¥याउनुका साथै अभिकर्ताको रुपमा स्व–रोजगारको समेत अवसर दिने बताएका थिए । आईएमई ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष हेमराज ढकालले कम्पनीले छैंटौ वार्षिकोत्सव भर्खरै मात्रै सम्पन्न गरेको र पछिल्ला ६ वर्षको अवधिमा कम्पनिले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आई. एम. ई. लाइफले पहल गर्दै फड्को मारिरहेको कुरामा जोड दिएका छन्। 

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनु पर्ने र त्यसका लागि स्व–अध्ययनका साथै कम्पनीले उनीहरुको व्यवसायिक क्षमता वृद्धिका लागि थप तालिमहरुको आयोजना गरि सहयोग गरिरहने बताएका थिए े । कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको उनको बनाई थियोे । यसैगरी आगामी समयमा कम्पनीले नयाँ प्रोडक्ट सार्वजनिक गर्ने जानकारी दिंदै डिजिटल सेवा प्रवाहलाई जोड दिइने बतएका थिए । 

हालै मात्र जनसाधारणको लागि सेयर सार्वजनिक गरिएकोमा सम्पूर्ण लगानीकर्ताहरुले उत्साहजनक रुपमा सहभागिता जनाएकोमा समेत प्रमुख कार्यकारी अधिर्कत फुयालले खुशी ब्यक्त गरेका छन्  ।

आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट कार्य गरेका शाखा कार्यालय, उत्कृष्ट अभिकर्ता, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । 

64f2a41a7d985.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको