Like us!
Follow us!
Connect us!
Watch us!

जिडब्लुएमको ईलेक्ट्रिक गाडी ओरा ०३ ईभीको नेपालमा विक्री वितरण शुरु

अर्थ संसार

शनिबार, १६ भदौ २०८०, १९ : ०३ मा प्रकाशित

जिडब्लुएमको ईलेक्ट्रिक गाडी ओरा ०३ ईभीको नेपालमा विक्री वितरण शुरु

भि.जि ईम्पेक्स प्रा.लि. नेपालमा जि.डब्लु.एम सवारी साधनको आधिकारिक वितरकले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ । जि.डब्लु.एमले ओरा ०३ को लागि जेठ ३, २०८० मा बुकिङ खुला गरेको थियो र बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरू सहितको यसको टाईमलेस एक्सटेरियर र आकर्षक ईन्टेरियरलाई ग्राहकहरूले मन पराइरहेका छन् ।

ओरा ०३ मा ४८ KWh को ब्याट्रीको साथ  400 KMS को प्रभावशाली ड्राइभिङ्ग रेन्ज रहेको छ । सुरक्षाको पक्षमा, ओरा ०३ देशका थोरै विद्युतीय सवारीहरू मध्ये एक हो जसले ANCAP  र  EURONCAP    दुवैमा फाईभ–स्टार प्राप्त गरेको छ, जसले हरेक यात्रामा आत्मविश्वास जगाउँछ । ओरा ०३ मा सीक्स ओमनिडायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको