सेयर बजारमा झिनाे सुधार देखिएकाे छ । नेप्से परिसूचक झिनाे अंकले बढ्दा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेकाे छ । नेप्से ०.३५ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.०९ अंकले बढेर ३७७.७१ विन्दुमा पुगेकाे छ ।
कूल २७० वटा कम्पनीकाे ३४ लाख ३२ हजार २ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९ करोड ९१ लाख ३९ हजार ६ सय ९७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये फाइनान्सबाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै व्यापार समूह बढेकाे छ ।
त्यसैगरी, साेमबार आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ कराेड २८ लाख ८४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । थ्री स्टार हाइड्राेपावर र दाेल्ती पावर कम्पनी लमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।
यस दिन लिबर्टी इनर्जीकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले घटेर एक सय ८२ रूपैयाँ ३० पैसामा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस