Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेशिन सञ्चालन

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, ०८ : ३६ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेशिन सञ्चालन

ग्लोबल आइएमई बैंकले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । 

मेशिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेशिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ । 

बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौँ उपत्यकामा कमलादी र न्यूरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको छ भने काठमाडौँ उपत्यकाभित्र कमलादी, न्यूरोड, कुलेश्वर तथा काठमाडौँ उपत्यका बाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको हो ।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेशिनको उद्घाटन गरेका हुन् । उक्त अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपझोक्ताको आकांक्षा अनुरुप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए । 

उनले ग्लोबल आइएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको बताउँदै आजको यो मेशिन उद्घाटन पनि त्यसकै उदाहरण भएको बताए । 

बैंकले ३४८ शाखा कार्यालय, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको