Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनलाई सेयर बजारमा भित्र्याउने प्रतिवेदन : कानुन संशोधन गर्न सुझाव (पूर्णपाठ)

अर्थ संसार

विहीबार, २१ भदौ २०८०, १४ : ४५ मा प्रकाशित

एनआरएनलाई सेयर बजारमा भित्र्याउने प्रतिवेदन : कानुन संशोधन गर्न सुझाव (पूर्णपाठ)

पूँजी बजारमा एनआरएनलाई भित्र्याउ गठन गरिएकाे अध्ययन समितिले धितोपत्र बोर्डलाई प्रतिवेदन बुझाएकाे छ । 

बोर्डको गत चैत १९ गतेको सञ्चालक समितिको निर्णय अनुसार सेबोनमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुजन कुमार काफ्लेको संयोजकत्वमा अध्ययन समिति गठन गरेकाे थियाे । उक्त समितिका अन्य सदस्यहरूमा सञ्चालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डकी उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन् ।

यस अध्ययन समितिले धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानून बमोजिम आवश्यक व्यवस्था गर्नका लागि अध्ययन प्रतिवेदनसहित नियमावलीको मस्यौदा तयार गर्ने भनिएकाे थियाे । 

अध्ययन समितिले तयार पारेकाे ३२ पेजकाे प्रतिवेदनमा एनआरएनलाई सेयर बजारमा भित्र्याउन कानुन संशोधन गर्नुपर्ने सुझाव दिइएकाे छ । गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा प्रवेश गर्ने सम्बन्धमा केही विद्यमान कानुनमा संशोधन, परिवर्तन तथा थप व्यवस्थाहरु मार्फत् कारोबार खुला गराउनुपर्ने अध्ययन समितिको सुझाव छ ।

साथै कारोबारमा सहजताका लागि अन्य देशहरुले अपनाएका नमूना अभ्यासहरुलाई समेत आधार लिई बैंकिङ्ग प्रणाली तथा धितोपत्र बजार प्रणालीमा केही प्रकृयागत व्यवस्थाहरु मिलाएर (जस्तै बैंक खाता संचालन, कारोबार तथा डिम्याट खाता संचालन, कस्टोडिएन बैंकको अवधारणा ) मात्र दोस्रो बजारमा कारोबार गराउन सकिने समितिको निष्कर्ष छ ।

समितिले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ संशोधन हुनुपर्ने सुझाव दिएकाे छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा गैर आवासीय नेपालीलाई विदेशी लगानीकर्ताको परिभाषा भित्र समेटिएकोमा गैर आवासीय नेपालीको विषयमा देहाय अनुसारको ऐनमा अलग्गै परिभाषा थप गर्न उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएकाे छ, ' " गैर आवासीय नेपाली” भन्नाले गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४ को दफा २ (क) ले परिभाषित गरे बमोजिम नेपाली मूलको विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक सम्झनुपर्छ । सो शब्दले विदेश स्थित गैर आवासीय नेपाली संघले जारी गरेको गैर आवासीय नेपाली परिचयपत्र प्राप्त व्यक्ति वा विदेशी कानून बमोजिम कुनै देशमा बसोबास गरेको कागजात प्राप्त गरेका गैर आवासीय नेपाली समेतलाई जनाउँदछ ।'

पूर्णपाठ हेर्नुहाेस् :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको