Like us!
Follow us!
Connect us!
Watch us!

कच्चा तेलको प्रभाव बजारमा, नेप्सेमा उच्च गिरावट

अर्थ संसार

विहीबार, २१ भदौ २०८०, १५ : २५ मा प्रकाशित

कच्चा तेलको प्रभाव बजारमा, नेप्सेमा उच्च गिरावट

साताकाे अन्तिम काराेबार दिन बिहीबार पनि सेयर बजार घटेर नै बन्द भयाे । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा सबै सूचकहरूमा पनि गिरावट देखिएकाे छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ। आगामी दिनमा अझै बढ्नसक्ने सम्भावना रहेको छ। विश्वका प्रमूख तेल उत्पादक राष्ट्रहरु साउदी अरेबिया र रुसले थप ३ महिना उत्पादन कटौती गर्ने निर्णय गरेसंगै कच्चा तेलको मूल्यमा बढोत्तरी आएको हो। कच्चा तेलको मूल्य अझै बढ्ने देखिएपछि विश्वभरी नै मुद्रास्फीति बढ्नसक्ने आँकलन गरिएको छ। सो को प्रभाव नेपालको बजारमा पनि परेको विश्लेषण गरिएको छ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २८.९२ अंकले घटेर १९३२.४५ विन्दुमा झरेकाे छ । नेप्से १.४७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.६५ अंकले घटेर ३७१.५८ विन्दुमा झरेकाे छ । 

कूल २७६ वटा कम्पनीकाे ३७ लाख ६९ हजार ३३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १५ करोड ९ लाख २० हजार ६ सय ७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १३ वटै उपसमूहकाे सूचक घटेको छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह घटेकाे छ ।

त्यसैगरी, बिहीबार लिवर्टी इनर्जीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ कराेड १५ लाख ४१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज शुभम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ९१ रूपैयाँ पुगेकाे छ ।

यस दिन बाराही हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.७१ प्रतिशतले घटेर ३ सय १६ रूपैयाँमा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको